Skin_Hospital_Dhn

आजको मौसमः सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं ।
हाल मुलुकमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) बिहान देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ।

दिउँसो पहाडी भू—भागमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू—भागका थोरै स्थान र बाँकी पहाडी भू—भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू—भागको मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ।

पहाडी भू—भागका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेकाले क्षति हुन नदिन आवस्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित
Loading...