
काठमाडौँ ।
इण्डियन प्रिमियर लिग (आइपिएल)को गएराती सम्पन्न खेलमा सनराइजर्स हैदरावादले कोलकोता नाइट राइडर्सलाई २३ रनले पराजित गरेको छ ।
सनराइजर्सले दिएको २२९ रनको लक्ष्य पछाएको कोलकोताले २० ओभरमा ७ विकेट गुमाउदै २०५ रन बनाएपछि खेल २३ रनले हारेको थियो ।

कोलकोताका लागि कप्तान नितेस राणाले सर्बाधिक ७५ रन बनाए भने रिंकु सिंहले ५८ रन बनाएका थिए ।
त्यस्तै नारायण जागादीसनले ३६ रन बनाए भने श्रदुल ठाकुरले १२ रन बनाएका थिए ।

त्यस्तै सनराइजर्सका बलर मार्को जानसेन र मयंक मर्कंन्डेले २—२ विकेट लिए भने भुवनेश्वर कुमार, टी नटराजन र उमरान मालिकले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ४ विकेट गुमाउदै २२८ रन बनाएको थियो ।
सनराइजर्सका लागि ह्यारी ब्रुकले शतक बनाएका थिए । ब्रुकले ५५ बलमा १२ चौका र ३ छक्काको मद्दतमा अविजित १०० रन बनाएका थिए । यो यस आइपिएलको पहिलो शतक हो ।
त्यस्तै कप्तान एडेन मार्क्रमले ५० रन बनाए भने अभिषेक शर्माले ३२ रन बनाएका थिए । त्यस्तै मयंक अग्रवाल र राहुल त्रिपाठीले ९—९ रन बनाए भने हेइनरिच क्लासेनले अविजित १६ रन बनाएका थिए ।
त्यसैगरी कोलकोताका बलर आन्द्रे रसेलले ३ विकेट लिए भने वरुण चक्रवर्तीले एक विकेट लिए ।
योसँगै सनराइजर्सले आफ्नो दोस्रो जित हासिल गरेको छ । सनराइजर्सको ४ खेलमा ४ अंक भएको छ र अंक तालिकामा सातौ स्थानमा उक्लिएको छ । त्यस्तै कोलकोताको पनि ४ खेलमा ४ अंक नै छ ।
