Skin_Hospital_Dhn

प्रहरी हवल्दार प्रकाश पुन मगरले चलाएका थिए बालुवाटारमा गोली

काठमाडौं ।
कामु प्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी हवल्दार प्रकाश पुन मगरले वर्षमान पुनकी आमा बसेको घरमा गोली चलाएको खुलेको छ ।

शुक्रबार राति साढे ९ बजे नेता पुनको दाइको घरमा गोली चल्दा ७० वर्षीया आमा तीर्थमाली पुन घाइते भएकी थिइन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

राति १ बजे सूचना प्राप्त भएलगत्तै प्रहरीले गोली चलाउने प्रहरी हवल्दार मगरलाई नियन्त्रणमा लिएको छ । उनलाई प्रहरी प्रधान कार्यालय, नक्सालमा राखेर सोधपुछ भइरहेको छ ।

स्रोतका अनुसार उनी नेता पुनका नातेदारसमेत हुन् । उनी हाल कामु प्रधानन्यायाधीशको अगुवा गाडीमा बस्ने अधिकृत हुन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित
Loading...