Skin_Hospital_Dhn

क्षेत्रिय परिक्षा नियन्त्रण कार्यालयमा कंचन क्याम्पसका विद्यार्थीहरुद्धारा तालाबन्दी

धनगढी ।
क्षेत्रिय परिक्षा नियन्त्रण कार्यालय अत्तरियामा कञ्चनपुरको कृष्णपुरमा रहेको कंचन बहुमुखी क्याम्पसका विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । आफ्नै क्याम्पसमा हुदै आएको परिक्षा केन्द्र अन्तै सारिएको भन्दै उनिहरुले कार्यालयमा तालाबन्दी गरेका हुन ।

विगतदेखी आफ्नै क्याम्पसमा हुदै आएको परिक्षा केन्द्र अकस्मात अन्त सारिएकाले तालाबन्दी गरिएको क्याम्पसका भरखरै निर्वाचित स्ववियु सभापति देव बहादुर साउँदले बताए । उनले अकस्मात परिक्षा केन्द्र सारिदा विद्यार्थीहरुमा अन्योलता छाएको बताए ।

“हिजो अकस्मात परिक्षा केन्द्र सारिएको थाहा पायौ । केही विद्यार्थीहरुको धनगढीमा राखिएको छ भने केहीको झलारीमा राखिएको छ” उनले भने “परिक्षा केन्द्र सारिएको कतिपय विद्यार्थीहरुलाई जानकारी नै छैन, यसरी विद्यार्थीहरुको भविष्यमाथी खेल्न पाईदैन ।” उनले ४ गते देखी सञ्चालन भैरहेको परिक्षाको केन्द्रका विषयमा १ गते मात्रै जानकारी पाईएको बताए ।

परिक्षा केन्द्र सारिदा करिब ढाई सय भन्दा बढी विद्यार्थीहरुलाई समस्या परेको क्याम्पसका स्ववियु कोषाध्यक्ष रमेश बोहराले बताए । उनले विद्यार्थीहरुलाई अनावश्यक दुख दिने किसिमले गरिएको निर्णय सच्याउनुपर्ने बताए ।

विद्यार्थीहरुले परिक्षा बहिस्कार गर्नुका साथै क्याम्पस र परिक्षा नियन्त्रण कार्यालयमा अनिश्चित तालाबन्दी गर्ने समेत बताएका छन् । आज (शनिबार) परिक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी गरेका छन भने सांकेतिक चक्काजाम गर्ने पनि जनाएका छन् ।

सम्बन्धित
Loading...