Skin_Hospital_Dhn

बैतडीमा एक युवकको हत्या

बैतडी ।
बैतडीमा एक युवकको हत्या भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका एक युवकको हत्या भएको हो ।

अन्दाजी ३७ वर्षीय वासुदेव जोशी हत्या गरिएको अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

हिजो (शनिबार) बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा जोशीको शव फेला परेको थियो । उनको धारिलो हतियार प्रहार गरी हत्या गरिएको बताइएको छ ।

यस सम्बन्धमा थप अनुसन्धानका लागि प्रहरी निरीक्षक खत्री नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ ।

सम्बन्धित
Loading...