
काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपीएल) को हिजो (शनिबार) राति भएको खेलमा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई २ विकेटले पराजित गरेको छ ।

घरेलु मैदानमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको लखनउले २० ओभरमा ८ विकेट गुमाउँदै १५९ रन बनायो । १६० रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबले १९.३ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।

जितसँगै पञ्जाब ५ खेलबाट ६ अंक जुटाउँदै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । ५ खेलबाटै ६ अंक जुटाएको लखनउ रनरेटका आधारमा दोस्रो स्थानमा छ।
आइपीएलमा आज दुई खेल हुने भएका छन् । आज हुने पहिलो खेलमा मुम्बइले कोलकत्ता र गुजरातले राजस्थानको सामना गर्नेछन् ।
