
धनगढी ।
सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा सम्पर्क कार्यालय खोलेर २४ लाख सकेको छ । प्रदेश सरकारको सहमति बिना एक निर्देशनालयले सम्पर्क कार्यालय सञ्चालन गरेर दुई लाख पाँच सयका दरले १२ महिनाको २४ लाख ६ हजार भाडामा गरेको हो ।

प्रदेश सरकारले भौगोलिक र प्रादेशिक सन्तुलनका लागि सबै सामाजिक विकास तथा पूर्वाधारसँग सम्बन्धित निर्देशनालयहरू डोटीबाट सञ्चालन गर्ने निर्णय गरेको छ । तर धनगढीमा सम्पर्क कार्यालय खोलेर २४ लाख ६ हजार भाडा वाफतको मात्र खर्च भएको हो । महालेखापरीक्षकको प्रतिवेदनमा डोटी जिल्लामा हरेका स्वास्थ्य, शिक्षा, कृषि, पशुपंक्षी तथा यातायात पूर्वाधार निर्देशनालयका कार्यालयका धनगढीमा सम्पर्क कार्यालय स्थापना गरिएको उल्लेख गरिएको छ ।

प्रदेश सरकारको सहमति बिना सम्पर्क कार्यालय खोली प्रदेश सरकारमाथि आर्थिक भार बढेको प्रतिवेदनमा उल्लेख छ।
