
धनगढी ।
कैलालीमा एक कोरोना भाइरस (कोभिड) सङ्क्रमित महिलाको मृत्यु भएको छ । जिल्लाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनको आज (आइतबार) बिहान साढे ८ बजे अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा मृत्यु भएको जोशीले बताए ।

उनलाई चैत २६ गते कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । उनी मुटुको बिरामी थिइन् ।
