Skin_Hospital_Dhn

धनगढी उप—महानगरपालिकाद्धारा ट्राफिक उपकरणहरू हस्तान्तरण

धनगढी ।
धनगढी उप—महानगरपालिकाले जिल्ला ट्राफिक कार्यालय कैलालीलाई ट्राफिक उपकरणहरू हस्तान्तरण गरेको छ । जिल्ला ट्राफिक कार्यालय कैलालीको समन्वयमा धनगढी उप—महानगरपालिकाले ट्राफिक उपकरणहरू हस्तान्तरण गरेको हो ।

समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज (आइतबार) उप—महानगरपालिकाले बढ्दो सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनमा सहज भूमिका निर्वाह गर्न आवश्यक पर्ने ट्राफिक उपकरणहरू हस्तान्तरण गरेको जिल्ला ट्राफिक कार्यालय कैलालीले जानकारी दिएको छ ।

ट्राफिक उपकरणहरू ब्रेथलाइजर २ थान, हुईल लक ५ थान, म्याजिक लाइट २ थान, ट्राफिक सङ्केत बोर्ड ६० थान हस्तान्तरण गरेको जानकारी गराउँदै जिल्ला ट्राफिक कार्यालय कैलालीले धनगढी उप—महानगरपालिकाको कार्यालय परिवार तथा नगर प्रमुखलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

सम्बन्धित
Loading...