Skin_Hospital_Dhn

बैतडीका वाशुदेव जोशीको हत्या गर्ने ब्यक्तिको पहिचान

धनगढी ।
बैतडीका वाशुदेव जोशीको हत्या गर्ने ब्यक्तिको पहिचान भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ८ का ३८ वर्षिय वाशुदेव जोशीको हत्यामा सोही गाउँका युवक रहेको खुल्न आएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार उनको घाँटी रेटेर हत्या गर्ने उनकै गाउँका युवा हुन् ।प्रहरीका अनुसार जोशीकै गाउँका एक जना युवकले बाटोमा घाँटी रेटेर हत्या गरेका हुन् ।

हिजो (शनिबार) राति करिब ८ बजेतिर धारिलो हतियारले घाँटी रेटेर जोशीको हत्या गरेको खुल्नमा आएको प्रहरीको भनाई छ । हत्यामा संलग्न ब्यक्तीको पहिचान भइसकेको र खोजिकार्य भइरहेको छ । उनको खोजीका लागी शुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले बताएको छ । तर ति युवकको नाम भने प्रहरीले गोप्य राखेको छ ।

हत्यामा अरुपनि संलग्न हुनसक्ने प्रहरीले अनुमान गरेको छ । मृतक जोशीको शव अहिले जिल्ला अस्पताल बैतडीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

योजनाबद्ध तरिकाले गरिएको घटनाको सत्यतथ्य छानविन गरि दोषिमाथि कडा कारबाही हुनुपर्ने आफन्तहरुको माग छ ।

सम्बन्धित
Loading...