Skin_Hospital_Dhn

डोटीका एक बालक आठ दिनदेखि धनगढीबाट बेपत्ता

धनगढी ।
डोटीका एक बालक आठ दिनदेखि धनगढीबाट बेपत्ता भएका छन् । चैत २६ गते आइतबार धनगढी उप महानगरपालिका–११ बाट टेक साफरी बेपत्ता भएका हुन् ।

डोटी जिल्लाको शिखर नगरपालिका–१ कपल्लेकीका १५ वर्षीय टेक साफरी बेपत्ता भएका छन् । उनी धनगढीमा आफ्नी फुपूको घरमा बस्दै आएका थिए ।

बेपत्ता छोराको खोजी गरिदिन जिल्ला प्रहरी कार्यालय कैलालीमा २७ गते निवेदन परेको प्रहरीले जनाएको छ । बेपत्ता बालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

साफरीलाई फेला पार्ने व्यक्तिले नजिकैको प्रहरीचौकीमा खबर गरिदिने अनुरोध गरिएको छ।

सम्बन्धित
Loading...