
काठमाडौं ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) गण्डकी र कर्णाली प्रदेशमा क्षणिक वर्षा र तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको छ ।

आज (सोमबार) दिउँसो देशका पहाडी भू—भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने महाशाखााले जनाएको छ ।

देशका गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरु र बाँकी पहाडी भू—भागका एक–दुई स्थानहरुमा मेघ गर्जन÷चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । साथै तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।
राति भने देशका पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू—भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
