चेतना मृत्यु प्रकरण :आफन्तले बुझे शव ,सवारी चालकमाथि मुद्दा दर्ता

धनगढीमा बिहीबार ग्रेडरले किचेर मृत्यु भएकी चेतना साउँदको शव आफन्तले बुझेका छन्।

धनगढी । धनगढीमा बिहीबार ग्रेडरले किचेर मृत्यु भएकी चेतना साउँदको शव आफन्तले बुझेका छन्।

Kanun123

चेतनाका आफन्त र प्रहरी प्रशासनको सहमतिपछि शव बुझिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। शवको पोस्टमार्टम गरेर दाहसंस्कार गरिने छ।

चालकमाथि सवारी ज्यान सम्बन्धी मुद्दा दर्ता गरिएको र ४ दिन म्याद थप गरेर घटनाको अनुसन्धान अगाडि बढाउने सहमति गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

 

Kailali_mahotsab
Loading...