Skin_Hospital_Dhn

पाँच शैक्षिक सत्रसम्म पाठ्यक्रम परिवर्तन नगर्न उपमहानगरको अनुरोध

धनगढी ।
संस्थागत विद्यालयलाई पाँच शैक्षिक सत्रसम्म पाठ्यक्रम परिवर्तन नगर्न धनगढी उप—महानगरपालिकाले अनुरोध गरेको छ । हिजो (आइतबार) पुनः एक सूचना जारी गर्दै उप—महानगरपालिकाले नगर शिक्षा ऐन २०७४ को दफा ८ को उपदफा (४) बमोजिम पाठ्यक्रम परिवर्तन नगर्न अनुरोध गरेको हो ।

‘नगर शिक्षा ऐन २०७४ को दफा ८ बमेजिम (संशोधनसहित) मा संस्थागत विद्यालयका हकमा देहाएका व्यवस्थाहरु उल्लेख भएको तर, अधिकास विद्यालयहरुमा उक्त व्यवस्था कार्यान्वयन नभएको पाइएकोले धनगढी उप—महानगरपालिकाले पुनः सूचना जारी गरेको जनाईएको छ । धनगढी उप—महानगरपालिकाले संस्थागत विद्यालयले एउटा शैक्षिक सत्रमा लागु गरेको एउटा प्रकाशनको पाठ्यपुस्तक कम्तिमा पाँच शैक्षिक सत्रसम्म परिवर्तन गर्न नपाईने बताएको छ ।

साथै नगरशिक्षा समितिको मिती २०७९÷१२÷१४ गते गरेको बैठकको निर्णय अनुसार अनुसार यस उपमहानगर अन्तर्गतका कुनै पनि संस्थागत बिद्यालयले शैक्षिक सत्र २०७९ मा लिदौ आएको शुल्कमा कुनै पनि थप शुल्क बृद्धि नगर्न पनि अनुरोध गरेको छ ।

शैक्षिक सत्र २०८० को शुल्क निर्धारण गर्ने व्यवस्था उपमहानगरपालिकाको अधिकार क्षेत्रमा परेकाले सोही अनुसार लागू गर्न अनुरोध गरिएको छ । विशेषतः कक्षा ८ देखि १० सम्मका पाठ्यपुस्तकको प्रकाशन हरेक वर्ष परिवर्तन भईरहन्छ ।’

 

सम्बन्धित
Loading...