

कञ्चनपुर।
कञ्चनपुरस्थीत महाकाली नदिमा नुहाउनेक्रममा डुबेर एक जना युवकको मृत्यु भएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ का १८ वर्षीय दिपेन्द्र हमालको डुबेर मृत्यु भएको हो ।
हिजो (आइतबार) दिउँसो मलामि गएका हमालको नुहाउनेक्रममा डुबेर मृत्यु भएको कञ्चनपुर प्रहरीले बताएको छ । उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको बताइएको छ ।
