Skin_Hospital_Dhn

सुदूरपश्चिम सनातन धर्मको मुल चुरो हो : आरजु

धनगढी ।
नेपाली काँग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाले हामी हाम्रो सनातन धर्म संस्कृतिको मूल चुरो ठाउँमा बसेको बताएकी छन् ।

धनगढीमा जारी नेपाल भारत मानस खण्ड अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै सांसद राणाले मानस खण्डको यत्रो ठुलो प्राचीन सभ्यता र जुन हाम्रो सनातन धर्म संस्कृतिको मूल चुरो ठाउँमा बसेको बताएकी हुन् ।

उनले भनिन्, “काठमाडौँबाट मात्रै सुदूर हो यो । यहाँ हामि त मानस खण्डको यत्रो ठुलो प्राचीन सभ्यता र जुन हाम्रो सनातन धर्म संस्कृतिको मूल चुरो ठाउँमा बसेका रहेछौ ।”

साथै उनले धनगढीको विकास देखेर चकित परेको बताएकी छन् । सांसद राणाले भनिन्, ‘यति छिटो धनगढीका सडकमा यति विकास होला र झिलिमिली बत्ती बल्ला भनेर कल्पना पनि गरेको थिएन । हिजो राती महेन्द्रनगर बाट आउँदा गेटा भन्दा तलतिर पुग्दा कुन ठाउँ हो जस्तो लाग्यो ।’

कार्यक्रम भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव समेतको सहभागिता रहेको थियो ।

सम्बन्धित
Loading...