
कञ्चनपुर ।
कञ्चनपुरमा अवैध लागू औषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् । जिल्लाको भिमदत्त नगरपालिका—४ कवडहल नजिकबाट हिजो (आइतबार दिउँसो) नीराजन बोहरा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले कवडहल नजिकबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १७ मिलिग्राम र नगद १४ हजार ५ सय रुपैयाँसहित भिमदत्त नगरपालिका—३ बस्ने २५ वर्षीय नीराजन बोहरालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

साथै प्रहरीले उनको साथबाट म. २ प ४०३८ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको बताइएको छ ।
