Skin_Hospital_Dhn

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

धनगढी ।
कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गौरीगङ्गा नगरपालिका—४ राजीपुरमा आज (सोमबार) बिहान मृत्यु भएको हो ।

प्रहरीका अनुसार चापाकलको मोटरमा जडान गरेको बिजुलीको तार मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका राजीपुर बस्ने ५२ वर्षीय पटिङ्गो धामीको उपचारको लागि मायाँ मेट्रो अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित
Loading...