
धनगढी ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत र नेपालको धेरै गहिरो आर्थिक सम्बन्ध रहेको र धार्मिक पर्यटनका क्षेत्रमा विकास गर्ने हो भने नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड प्रदेशमा पर्यटनका माध्यमबाट आर्थिक विकास गर्न सकिने बताएका छन् । मानसखण्ड अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेपाल आएका भारतीय राजदूत नवीन श्रीवास्तवले दुई देशबिचको आन्तरिक सभ्यता र सांस्कृतिक सम्बन्ध निकै पुरानो भएको बताउँदै तीर्थ यात्रीका पर्यटक परापूर्बकाल देखी नै रहेको र त्यसलाई नै निरन्तरता दिन सके धार्मिक पर्यटनका क्षेत्रमा विकास गर्न सकिने बताएका हुन् ।

श्रीवास्तवले नेपाल र भारतका तिर्थयात्रु हरूलाई एक देश देखि अर्को देश जान कुनै समस्या नहोस् भन्ने चाहना भारत सरकारको रहेको बताए । भारतको उत्तराखण्ड तथा उत्तर प्रदेश र नेपालको सुदूरपश्चिम बिचको सांस्कृतिक सम्बन्ध बढाउनका लागी यहाँका भौतिक संरचनाको विकासमा भारत तयार रहने उनको भनाई थियो ।

कार्यक्रममा सुदूरपश्चिमका मुख्यमन्त्री, मन्त्रीहरू, सु.प विश्वविद्यालयका उपकुलपति अम्मरराज जोशी, भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवा समेतको सहभागिता रहेको थियो ।
