Skin_Hospital_Dhn

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं ।
प्रतिनिधिसभाको बैठक आज (मंगलवार) बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।

संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८—७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यसैगरी, प्रधानमन्त्री प्रचण्डले नै आज राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

सम्बन्धित
Loading...