

कञ्चनपुर ।
कञ्चनपुरमा सशस्त्र प्रहरीले चितुवाको छाला बरामद गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका—९ बाट सशस्त्र प्रहरीले चितुवाको छाला बरामद गरेको हो । भीमदत्त नगरपालिका—९ खल्लामछेडिको टुडिखेलस्थित सिमलको रुखमा सुकाउन राखिएको छाला प्रहरी टोलीले बरामद गरेको हो ।
आईतबार राति सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र ऐरको कमाण्डमा खटिएको टोलीले महाकाली नदी किनारमा रहेको सिमलको रुखबाट छाला बरामद गरेको हो । अत्तरियास्थित बैद्यनाथ बाहिनीका प्रवक्ता एसपी बीरेन्द्र ऐरका अनुसार बरामद गरेको छाला वन कार्यालय कञ्चनपुरलाई हस्तान्तरण गरिएको छ ।
