Skin_Hospital_Dhn

सुदूरपश्चिमका पाँच जिल्लाका सात ठाउँमा डढेलो

काठमाडौँ ।

सुदूरपश्चिमका ५ जिल्लाका ७ ठाउँमा अहिले पनि डढेलो लागिरहेको छ । सबैभन्दा धेरै कैलाली र डोटीको दुई/दुई ठाउँमा डढेलो लागेको छ ।

सुदूरपश्चिमका डोटी र कैलालीका दुई÷दुई ठाउँमा र कञ्चनपुर, डडेल्धुरा र अछामका एक/एक ठाउँमा डढेलो लागेको वन मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

यस्तै, डढेलोका प्रायः सबै घटना मानवीय कारणले हुने गरेका छन् । केही दुर्घटनावश भए पनि धेरैजसो घटना लापारबाहीका कारण हुने गरेका छन् । झन्डै ६५ प्रतिशत डढेलो त मानिसले जानीजानी लगाएको आगोबाट हुने भएकोले स्थानीयवासी सचेत हुनुपर्ने प्राधिकरणका उपसचिव एवम् डढेलोविद् सुन्दर शर्माले बताए ।

डढेलोका कारण मुख्य सहरमा केही दिनदेखि प्रदूषण बढेको छ । अझै तीन दिनसम्म पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै बढ्ने देखिएको छ । सुक्खापन बढ्दा र मानवीय लापरबाहीका कारण देशका धेरै वनजङ्गलमा डढेलो लागेको र यही कारण प्रदूषण बढेको विज्ञले बताएका छन् ।

सम्बन्धित
Loading...