
धनगढी ।
कैलालीमा अवैध लागू औषध सहित दुई जना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका—५ गेटाबाट लागू औषध खैरो हेरोइन र प्रोक्सिब्यान्ड स्पास नामक ट्याब्लेट सहित दुई जना पक्राउ परेका हुन् ।

गोदावरी नगरपालिका—५ गेटाबाट अवैध लागू औषध अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८३० मिलिग्राम र प्रोक्सिब्यान्ड स्पास नामक ट्याब्लेट १६ थानसहित सोही नगरपालिका—७ बस्ने २८ वर्षीय पदम साउँद समेत २ जनालाई हिजो (सोमबार) साँझ प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी चौकी गेटाबाट खटिएको प्रहरीले प्रदेश २—०३—००५ प ८२२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागू औषधसहित फेला पारी पक्राउ गरेको हो ।
