Skin_Hospital_Dhn

तीन दिवसीय “मानसखण्ड सम्मेलन” को धनगढीमा समापन

धनगढी ।
तीन दिवसीय अन्तर्राष्ट्रिय “मानसखण्ड सम्मेलन” सम्पन्न भएको छ । सुदूरपश्चिम सरकारको सहयोग एवं सुदूरपश्चिम विश्वविधालयको मुख्य आयोजनामा कंञ्चनपुरमा उद्घाटन गरिएको तीन दिवसीय अन्तर्राष्ट्रिय “मानसखण्ड सम्मेलन” हिजो (सोमबार) धनगढीमा समापन गरिएको हो ।

वैशाख २ गतेदेखि धनगढीमा सुरु भएको मानसखण्ड सम्मेलनको समापन समारोहमा बोल्दै भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाईवाले मानिसको मनमा निस्कने कयौँ प्रश्नको उत्तर हिन्दु संकृतिमा रहेको बताएका छन् ।  “नेपाल र भारतको चालचलन देखि रहनसहन एउटै भएकाले एकताको सूत्रहरूलाई बाँधेर हामी नयाँ- नयाँ आयाम बाट सम्बन्धलाई जोड्न सक्छौ ” उनले  भने । तिन दिनको छलफलको रिपोर्ट तयार गरेर आयोजकहरूले नेपाल सरकार र भारत सरकारलाई दिनुपर्ने चौथाईवाले बताए। यसरी जाँदा योजना कार्यान्वयनका लागी प्रक्रिया अगाडि बढ्ने समेत उनले जिकिर गरे ।

त्यस्तै भारतीय राजदूत नवीन श्रीवास्तवले भारत र नेपालको धेरै गहिरो आर्थिक सम्बन्ध रहेको र धार्मिक पर्यटनका क्षेत्रमा विकास गर्ने हो भने नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड प्रदेशमा पर्यटनका माध्यमबाट आर्थिक विकास गर्न सकिने बताएका छन् । साथै उनले नेपाल र भारत बिच लामो समय देखि प्रगाढ रहेको सम्बन्ध लाई थप मजबुत बनाउन धार्मिक पर्यटन एक महत्त्वपूर्ण क्षेत्र रहने जानकारी दिए । श्रीवास्तवले नेपाल र भारतका तिर्थयात्रु हरुलाई एक देश देखि अर्को देश जान कुनै समस्या नहोस् भन्ने चाहना भारत सरकारको रहेको समेत जानकारी गराए । भारतको उत्तराखण्ड तथा उत्तर प्रदेश र नेपालको सुदूरपश्चिम बिचको सांस्कृतिक सम्बन्ध बढाउनका लागी यहाँका भौतिक संरचनाको विकासमा भारत तयार रहने उनको भनाई थियो ।

त्यस्तै, कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले आफू सनातन धर्म संस्कृतिको मूल चुरो ठाउँमा बसेको बताइन् । नेपाल र भारतको सास्कृतीक सम्बन्ध निकै लामो रहेको स्मरण गर्दै उनले यी संस्कृतिको संरक्षणमा दुवै देशका नागरिकको भूमिका रहेको समेत बताइन् । साथै दुई देश मिलेर भौतिक तथा आर्थिक विकासका लागी तयार रहनुपर्नेमा जोड दिएकी थिइन् ।

सुदूरपश्चिम सरकारको सहयोग तथा सुदूरपश्चिम विश्वविद्यालय, भारत उत्तराखण्डको कुमाउ विश्व विद्यालयको संयुक्त आयोजनामा भइरहेको मानसखण्ड अन्तर्राष्ट्रिय सम्मेलनको समापन समारोहको प्रमुख वक्ताका रूपमा चौथाइवाले नेपाल आएका हुन् ।

मानसखण्डको सांस्कृतिक विकासको एजेन्डाले नेपाल भारतबिच भाइचाराको सम्बन्ध स्थापित हुन सक्ने बताउँदै कार्यक्रम सहभागी सम्पूर्णमा सन्दीप रानाले धन्यवाद ज्ञापन गरेका थिए।

सम्मेलनमा सांसद डा। आरजु देउवा राणा, भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाईवाले, प्रदेश मुख्यमन्त्री कमल शाह, महामहिम राजदूत नवीन श्रीवास्तव, सुदूरपश्चिम बिश्वबिद्धालयका कुलपति डा. अम्बराज जोशी, श्रीमती ज्योत्सना साउद, सुदूरपश्चिम सरकारका मन्त्रीमण्डल र नेपाल—भारत दुवै देशका विद्वानहरूको सहभागिता रहेको थियो ।

तीन दिवसीय अन्तर्राष्ट्रिय “मानसखण्ड सम्मेलन” कार्यक्रमको सञ्चालन “मानसखण्ड सम्मेलन” कार्यक्रमका लागि कैलालीका सह संयोजक पदम राज जोशीले गरेका थिए ।

Loading...