Skin_Hospital_Dhn

पौडेललाई थप उपचारका लागि भारत लाने तयारी

काठमाडौं ।
स्वास्थ्य अवस्था बिग्रेर अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई भारत लाने तयारी गरिएको छ । हिजो (मंगलबार) महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका पौडेललाई थप उपचारका लागि सरकारले भारत लाने तयारी गरेको हो ।

राष्ट्रपति पौडेलको छातीमा देखिएको संक्रमण कम नभएपछि थप उपचारका लागि भारत लान चिकित्सक र परिवारबीच परामर्श भइरहेको शिक्षण अस्पतालका प्रशासन प्रमुख वैकुण्ठ थपलियाले जानकारी दिए ।

परिवारका सदस्यले थप उपचारका लागि भारत लानुपर्ने बताएपछि सरकारले एयर एम्बुलेन्समार्फत् भारत लाने तयारी गरेको हो ।

केही दिनअघि पनि पौडेल पेटसम्बन्धी समस्या भएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । यसअघि चैत १८ गते अस्पाल भर्ना भएर उनी २२ गते डिस्चार्ज भएका थिए ।

सम्बन्धित
Loading...