Skin_Hospital_Dhn

एसीसी प्रिमियर कप : ओमान र कतार तथा युएई र कुवेत खेल्दै

काठमाण्डौ ।
आज (बुधबार) एसीसी प्रिमियर कप क्रिकेटमा दुई खेल हुँदैछन् । कीर्तिपुर मैदान र मुलपानी मैदानमा आज एक÷एक खेल हुँनेछ ।

समूह ‘ए’ का ओमान र कतारबीच मुलपानी मैदानमा तथा समूह ‘बी’ का युएई र कुवेतबीच कीर्तिपुरमा मैदानमा खेल हुन लागेको हो । दुवै खेल बिहान नौ बजेदेखि सुरु हुनेछ । यो प्रतियोगितामा १० देश सहभागी छन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया, साउदी अरब, कतार र ओमान रहेका छन् भने समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् । हरेक समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलको विजेताले फाइनल खेल्नेछ ।

फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसीया कप आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ ।

सम्बन्धित
Loading...