Skin_Hospital_Dhn

आईपीएल : मुम्बई इण्डियन्सको लगातार तेस्रो जित

काठमाडौँ ।
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गए राति भएको खेलमा मुम्बई इण्डियन्सले लगातार तेस्रो जित निकालेको छ ।

राजीवगान्धी क्रिकेट स्टेडियममा सनराइजर्स हैदरावादविरुद्धको खेलमा मुम्बई इण्डियन्स १४ रनले विजयी भएको हो ।

हैदरावादको भने यो दुई जित पछिको हार हो । पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९२ रन बनाएको थियो ।

मुम्बईका लागि क्यामरुन ग्रिन ४० बलमा ६४ रन बनाउँदै अविजित रहे । अलराउण्ड प्रदर्शन गरेका उनी प्लेयर अफ दि म्याच चुनिए ।

सनराइजर्स हैदरावादका लागि मार्को यानसेनले दुई विकेट लिए । घरेलु मैदानमा १९३ रनको विजय लक्ष्य पछ्याएको हैदरावादको टिम १९.५ ओभरमा १७८ रनमा अलआउट भयो ।हैदरावादका लागि मयंक अग्रवालले ४१ बलमा सबैभन्दा धेरै ४८ रन बनाए ।

यो जितसँगै मुम्बई अंक तालिकाको छैटौं स्थानमा पुगेको छ भने हैदरावाद नवौ स्थानमा छ ।

सम्बन्धित
Loading...