Skin_Hospital_Dhn

कञ्चनपुरमा लागू औषध ब्राउनसुगरसहित चार जना पक्राउ

कञ्चनपुर ।
कञ्चनपुरमा अवैध लागू औषध ब्राउनसुगरसहित चार जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका—६ विद्यानगर शारदा मावि नजिकबाट हिजो (मङ्गलवार) राति चार जना पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले बेलौरी नगरपालिका—६ विद्यानगर शारदा मावि नजिकबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १६ ग्राम १० मिलिग्रामसहित सोही नगरपालिका—९ रतनपुर बस्ने २० वर्षीय जीवन भण्डारी समेत ४ जनालाई हिजो (मङ्गलवार) राति पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित
Loading...