Skin_Hospital_Dhn

थप १०८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ।
बितेको २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ४५० जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, हाल नेपालमा ३८६ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार आज ६६ जना निको भइ घर फर्किएका छन् । केही समयअघि सम्म मत्थर रहेको कोरोना चैत लागेपछि भने बढ्न थालेको हो ।

हिजो (मंगलबार) कोरोनाले एकैदिन दुई जनाको मृत्यु भएको थियो । मन्त्रालयले कोरोनाको केस बढेसँगै सावधानी अपनाउने अपिल गर्दै आइरहेको छ ।

सम्बन्धित
Loading...