Skin_Hospital_Dhn

आजको मौसमः यी पाँच प्रदेशमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं ।
हाल मुलुकमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भू—भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू—भागहरुको मौसम समान्यतया सफा रहेको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू—भागका केहि स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू—भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको संभावना रहेको छ।

दिउँसो देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू—भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू—भागमा मौसम सफा रहनेछ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू—भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू—भागका एक वा दूई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको संभावना रहेको छ ।

राति भने देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू—भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहने छ ।

सम्बन्धित
Loading...