
धनगढी ।
कैलालीमा एक घरमा आगलागी भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर २ साडेपानीमा दुई तले घरमा हिजो (बुधबार) आगलागी भएको हो ।

साडेपानी बस्ने कृष्ण विष्टको काठको दुई तले चार कोठे टायलले छाएको कच्ची घरमा आगलागी भएको प्रहरीले जनाएको छ । घर नजिकैको खेतमा गहुँको नलमा लगाएको आगो हावाको कारणले एक्कासि घरमा सल्किएको प्रहरीले जानकारि दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कुलदीप चन्दका अनुसार आगलागीबाट घर भित्र रहेको खाद्यान्न, लुगा, भाँडाकुँडा, काठ पात, सुनको तिलहरी गरी करिब दुई लाख ५० हजार बराबरको क्षति भएको छ ।
अस्थायी प्रहरी पोस्ट साडेपानी बाट प्रहरी सहायक निरीक्षक महेश कुमार कार्कीको कमान्डमा खटिएको प्रहरी टोली, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।
