
इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनऊ सुपर जायन्ट्ससंग राजस्थान रोयल्स १० रनले पराजित भएको छ । मानसिंह इन्डोर स्टेडियममा भएको खेलमा लखनऊ जायन्ट्ससंग राजस्थान रोयल्स १० रनले पराजित भएको हो ।
लखनऊले दिएको १५५ रनको लक्ष्य पछ्याएको राजस्थान रोयल्स निर्धारित २० ओभर नै खेल्दै ६ विकेटको क्षतिमा १४४ रनमै समेटियो ।

राजस्थान रोयल्सका लागि यशस्वी जैसवालले ४४, जोस बटलरले ४०, देवदत्त पडिकलले २६ रन बनाउँदा रियान पराग १६ रनमा अविजित रहे । यस्तै, सन्जु सामसन र सिमरोन हेटमेयरले समान २—२ रनको योगदान दिए ।

लखनऊका लागि आभेस खानले ३ र मार्कस स्टोनिसले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनऊले पूरै ओभर खेल्दै ७ विकेटको क्षतिमा १५४ रन बनाएको थियो ।
लखनऊका लागि कायल मेयर्सले सर्वाधिक ५१ रनको योगदान दिए । यस्तै, केएल राहुलले ३९, निकोलस पोरनले २९ र मार्कस स्टोनिसले २१ रन जोडे । कुर्नाल पान्ड्या ४ रनमा अविजित रहँदा दीपक होडा २ रनमै आउट भएका थिए ।
राजस्थान रोयल्सका लागि रविचन्द्रन आश्विनले २, ट्रेन्ट बोल्ट, सन्दिप शर्मा र जेसन होल्डरले समान १—१ विकेट लिए ।
दुवै टोलीको ६ खेलमा समान ८ अङ्क भए पनि रनरेटका आधारमा राजस्थान पहिलो र लखनउ दोस्रो स्थानमा छन् ।
