Skin_Hospital_Dhn

मुख्यमन्त्री शाह डडेल्धुरामा, प्रमुख जिल्ला अधिकारीले गरे स्वागत

डडेल्धुरा ।
सुदूरपश्चिम प्रदेशका सरकारका मुख्यमन्त्री कमल बहादुर शाह डडेल्धुरा पुगेका छन् । दार्चुला र बैतडी जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा मुख्यमन्त्री शाह डडेल्धुरा पुगेका हुन् ।

डडेल्धुरामा प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने , सशस्त्र प्रहरी नायब उपरीक्षक जनकराज उपाध्याय र प्रहरी निरीक्षक सुरेन्द्र जोशी लगायत विभिन्न व्यक्तित्वहरूले मुख्यमन्त्री शाहलाई सम्मान गरेका थिए । साथै मुख्यमन्त्री शाहले समग्र जिल्लाको सुरक्षा अवस्था बारे समेत जानकारी लिएका छन् ।

मुख्यमन्त्री शाह बैतडी, दार्चुलाका विभिन्न कार्यक्रम तथा अनुगमन र निरीक्षणका लागि जान लागेका हुन् ।

सम्बन्धित
Loading...