Skin_Hospital_Dhn

पत्थरीको शल्यक्रिया गर्न पेटमा प्वाल पारेर छाडियो, आफन्तले विरोध जनाए

धनगढी ।
पत्थरीको शल्यक्रिया गर्न पेटमा प्वाल पारेर छाडिएपछि आफन्तले विरोध जनाएका छन् । धनगढीको केजी हस्पिटलमा हिजो (बुधबार) पत्थरीको शल्यक्रिया गर्न पेटमा प्वाल पारेर अन्यत्र लैजान भनेपछि आफन्तले विरोध जनाएका हुन् ।

अस्पताल भर्ना भएकी डडेल्धुराको आलीताल गाउँपालिका–३ की ६० वर्षीया लक्ष्मी बोहराको पित्त थैलीको पत्थरीको शल्यक्रिया जसरी पनि गरिदिने बताएपछि बुधबार साँझ अप्रेशन थ्रेटरमा लगिएको तर डाक्टरले पेटमा प्वाल पारेर गर्न नसकिने भन्दै अन्यत्र लैजान सुझाएको कुरुवा बसेका छोरा लक्ष्मणले बताए ।

“अस्पतालले आमाको यहाँ उपचार भइहाल्छ अन्त लैजानुपर्दैन् भनेर मैले अप्रेशन गर्न गरेको हो तर आधा अप्रेशन गरेर यहाँ गर्न सकिदैन् । यो भन्दा अगाडी रिस्क छ भनेर घर लगेर जाउ । दुई महिनापछि काठमाडौँ वा बैंलोरको राम्रो अस्पतालमा देखाउनु भन्नुभयो,’ लक्ष्मण बोहराले भने ।

बोहराले दुरविन विधिबाट अप्रेशन गर्ने भन्दै आमाको पेटमा पारिएको प्वालले दुई महिनासम्म स्वास्थ्यमा तलमाथि भए त्यसको जिम्मेवारी अस्पतालले लिनुपर्ने र उपचारमा अहिलेसम्म लागेको सबै शुल्क फिर्ता पाउनुपर्ने माग गरेका छन् ।

उपचारमा संलग्न अस्पतालका व्यवस्थापक समेत रहेका सर्जन डा। दिपक सिंहले दुरविन विधिबाट पित्त थैलीको पत्थरीको शल्यक्रिया गर्ने क्रममा आन्द्रामा कोलेस्ट्रोलको मात्रा बढि देखिएपछि जोखिमपूर्ण हुने भएकाले रोकिएको बताए ।

‘उहाँ पेट दुुखेको समस्या लिएर आउनुभएको थियो । पित्त थैलीमा पत्थरी देखिएपछि उहाँहरुकै सहमती लिएर दुुरविन विधिबाट शल्यक्रिया गर्न खोजेका थियौँ तर आन्द्रामा कोलेस्ट्रोलको मात्रा बढि देखिएपछि जोखिम हुने भएकाले औषधी दिएर ७÷८ हप्तापछि गर्दा ठीक हुन्छ भन्ने सल्लाह दिएका हौँ,’ सिंहले भने ।

सिंहले बोहराकै आफन्तले दुई महिनापछि अन्य अस्पतालमा उपचार गर्न लैजादा हुन्छ की हुदैन रु भनेर जिज्ञाशा राखेपछि काठमाडौँ वा भारतमै लगेर पनि गर्न सकिने सल्लाह दिएको तर रेफर भने नगरेको बताए ।

‘तत्काल ज्यानको जोखिम हुने भएकै कारण गर्न नसकिने भनिएको हो । यसमा अन्यथा केही होइन्,’ उनले भने ।

सम्बन्धित
Loading...