
धनगढी ।
कैलालीमा बेवारिसे अवस्थामा रहेको एकनाले भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । जिल्लाको गौरीगङ्गा नगरपालिका—९ शंकरपुरस्थित शिव शङ्कर सामुदायिक वनमा बेवारिसे अवस्थामा रहेको एकनाले भरुवा बन्दुक आज (बिहीबार) बिहान प्रहरीले बरामद गरेको हो ।

उक्त वनमा बन्दुक रहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मसुरीयाबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताइएको छ ।
