Skin_Hospital_Dhn

नेप्से परिसूचक १५.७३ अंकले घट्यो, ९८ करोड कारोबार

काठमाडौँ ।
नेप्से परिसूचक आज (बिहीबार) पनि दोहोरो अंकले ओरालो लागेको छ । नेप्से परिसूचक १५.७३ अंकले ओरालो लागेर १९०४.४० मा सीमित भएको हो ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७९ अंकले ओरालो लागेर ३६३.१२ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूह सेयर मूल्यमा गिरावट आएको छ ।

हिजो (बुधबार) वृद्धि आज (बिहीबार) कायम हुन नसक्दा कारोबार रकममा पनि कुनै वृद्धि भएन । कूल ३२ लाख नौ हजार २१४ कित्ता सेयर ९८ करोड ३३ लाख ६७ हजार ३११ रुपैयाँमा खरिद बिक्री भएका छन् ।

नेप्सेका अनुसार कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको पाँच करोड ७५ लाख ४३ हजार ४२५ बराबरको कारोबार भएको छ । कुमारी बैंकको संस्थापक सेयर तीन करोड ५३ लाख ८६ हजार चार सय ८०, एशियन लाइफ इन्स्योरेन्स तीन करोड ३३ लाख ७७ हजार ५१५, सट्यार्न्ड चार्टर्ड बैंक तीन करोड ३३ लाख ३८ हजार ८२५ र एभरेस्ट बैंकको दुई करोड ९१ लाख ७६ हजार १९८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

सम्बन्धित
Loading...