Skin_Hospital_Dhn

कैलालीमा लागूऔषधसहित एक जना पक्राउ

धनगढी ।
कैलालीमा लागुऔषाधसहित एक जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उप—महानगरपालिका वडा नम्बर १ त्रिवेणी चोकबाट विवेक नेपाली पक्राउ परेका हुन् ।

वडा नम्बर १ त्रिवेणी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम २ सय मिलिग्रामसहित सोही ठाउँका २२ वर्षीय विवेक नेपाली आज (बिहीवार) दिउँसो पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त ब्राउनसुगरसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित
Loading...