Skin_Hospital_Dhn

आजको मौशमः देशका पहाडी भु—भागमा पानि पर्ने

काठमाडौं ।
हाल मुलुकमा स्थानीय वायुको साथै पश्चिमी वायुको प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू—भागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहने छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू—भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको संभावना रहेको छ । भने तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

राति भने देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहने छ ।

सम्बन्धित
Loading...