
काठमाडौं ।
एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।

नेपालसँगै समूह “ए” मा रहेको ओमान उपाधि दाबेदार टिम हो । नेपाल लगातार दोस्रो जित निकाल्ने रणनीतिका साथ मैदान प्रवेश गर्नेछ । यसअघि प्रतियोगिताको पहिलो खेल दुवै टोलीले जितेका छन् । यसअघि प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । भने ओमानले कतारलाई ४० रनले हराएको थियो ।

समूह “ए” मा नेपालसँगै ओमान, कतार र साउदी अरेबिया छन् । समूहको शीर्ष दुईमा रहने टोली प्रतियोगिताको सेमिफाइनल पुग्नेछन् । त्यसैले पनि ओमानविरुद्धको खेल जिते नेपालको सेमिफाइनल पुग्ने यात्रा सहज बन्नेछ ।
एसीसी प्रिमियर कपको उपाधि जित्ने टोलीले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुनेछ । एसिया कपमा छनोट हुने टोलील भारत र पाकिस्तानसँग एसिया कपमा खेल्ने मौका पाउनेछ । नेपाल र ओमान दुवै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता प्राप्त टोली भएकाले आजको खेलले ओडीआई मान्यता पाउनेछ ।
