Skin_Hospital_Dhn

एसइईको नतिजा आगामी असार तेस्रो साताभित्र प्रकाशन गरिने

काठमाडौं ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा राष्ट्रिय परीक्षा बोर्डले आगामी असार तेस्रो साताभित्र प्रकाशन गर्ने योजना बनाएको छ ।

परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा—१० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार यो समयभन्दा अगाडि नै नतिजा प्रकाशन गर्ने योजनासहित अहिले काम गरिरहेको छ ।

२०७९ को एसइई परीक्षा गत चैत १७ गते शुरु भएर २९ गते सकिएको थियो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म भएको थियो । एसइई परीक्षामा ५ लाख १६ हजार ५९१ जना परीक्षार्थीहरू सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।

सम्बन्धित
Loading...