Skin_Hospital_Dhn

कैलालीमा लागू औषध ब्राउनसुगरसहित एक महिला पक्राउ

धनगढी ।
कैलालीमा अवैध लागू औषध ब्राउनसुगरसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको टीकापुर नगरपालिका—१ ब्लक नम्बर सी जमारा टोलबाट धना तिवारीलाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले ब्लक नम्बर सी जमारा टोल बस्ने ४० वर्षीया धना तिवारीलाई अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ३ सय मिलिग्रामसहित हिजो (बिहीबार) दिउँसो पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले उनको घरबाट उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

सम्बन्धित
Loading...