Skin_Hospital_Dhn

विश्व कप फुटबल: नकआउट चरणको समीकरण पूरा

कतारमा चलिरहेको फिफा विश्व कप फुटबलको राउण्ड अफ १६ अर्थात् नकआउट चरणको समीकरण पूरा भएको छ ।

फिफा विश्व कप अन्तर्गत गएराति भएको खेलमा समूह एच अन्तर्गत दक्षिण कोरियाले पोर्चुगललाई २–१ गोल र उरुग्वेले घानालाई २–० गोलले पराजित गरेका छन् । यस्तै बिहान भएको समूह जी अन्तर्गत क्यामरुनले ब्राजिललाई १–० र स्विट्जरल्यान्डले सर्बियालाई ३–२ गोलले हराएका छन् ।

योसँगै गएराति भएको समूह चरणका अन्तिम ४ खेलसँगै नकआउट चरणमा पुग्ने १६ टोलीको टुङ्गो लागेको हो । फिफाले विभाजन गरेको ८ समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाएका हुन् ।

समूह ‘ए’ बाट नेदरल्यान्ड्स विजेता र सेनेगल उपविजेता, समू ‘बी’ बाट इङ्ग्ल्यान्ड विजेता र अमेरिका उपविजेता, समूह ‘सी’ बाट अर्जेन्टिना विजेता र पोल्यान्ड उपविजेता तथा समूह ‘डी’ बाट फ्रान्स विजेता र अस्ट्रेलिया उपविजेता बन्दै नकआउट चरणमा पुगेका छन् ।

यस्तै समूह ‘ई’ बाट जापान विजेता र स्पेन उपविजेता, समूह ‘एफ’ बाट मोरक्को विजेता र क्रोएसिया उपविजेता, समूह ‘जी’ बाट ब्राजिल विजेता र स्विट्जरल्यान्ड उपविजेता तथा समूह ‘एच’ बाट पोर्चुगल विजेता र दक्षिण कोरिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् ।

अब आजदेखि सुरु हुने नकआउट चरणमा नेदरल्यान्ड्स र अमेरिका, अर्जेन्टिना र अस्ट्रेलिया, फ्रान्स र पोल्यान्ड तथा इङ्ग्ल्यान्ड र सेनेगल खेल्नेछन् । यस्तै जापान र क्रोएसिया, मोरक्को र स्पेन, पोर्चुगल र स्विट्जरल्यान्ड तथा दक्षिण कोरिया र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित
Loading...