
कञ्चनपुर ।

कञ्चनपुरमा बाघले एक महिलामाथि आक्रमण गरेको छ । जिल्लाको बेलौरी नगरपालिका–८ पचुईमा स्थानीय ४२ वर्षीया गंगा चन्दलाई बाघले आक्रमण गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डांगीका अनुसार घर छेउकै खप्टी नालामा घाँस काटिरहेकी चन्द बाघको आक्रमणमा परि बेपत्ता भएकी छिन् । उनको खोजी कार्य भइरहेको डिएसपी डाँगीले बताए । नाला किनारमा सिमसार जमिन र झाडी भएका कारण खोजीमा समस्या भइरहेको छ ।
