Skin_Hospital_Dhn

बाघको आक्रमणमा परि बेपत्ता भएकि महिलालाई जोगाउन प्रहरीले गोली चलायो, सई घाइते

कञ्चनपुर ।
कञ्चनपुरमा घाँस काट्न गएकी महिला बाघको आक्रमणमा परि बेपत्ता भएपछि स्थानीय बासिन्दा आक्रोशित हुँदै प्रहरीमाथि नै ढुङ्गा प्रहार गरेका छन् । बाघलाई नियन्त्रणमा नलिएको भन्दै आक्रोशित भएका स्थानीय बासिन्दाले प्रहरीमाथि नै ढुङ्गा प्रहार गरेका हुन् ।

ढुङ्गा प्रहारबाट इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी नायव निरीक्षक (सई) चन्द्र खडायतको टाउकोमा चोट लागेको छ ।

बेलौरी नगरपालिका वडा नम्बर ८ स्थित पछुइको खप्टीनालमा घाँस काट्न गएकी ४२ वर्षीया गंगा चन्द बाघको आक्रमणमा परि बेपत्ता भएपछि पुनः आक्रमण गर्न सक्ने भन्दै बाघलाई नियन्त्रणमा लिनुपर्ने स्थानीयको माग छ । तर त्यसका लागि माथिल्लो निकायको अनुमति चाहिने जानकारी प्रहरी र जिल्ला सव वन डिभिजन कार्यालय कुण्डाका कर्मचारीले दिएपछि स्थानीय आक्रोशित हुँदै प्रहरीमाथि नै ढुङ्गा प्रहार गरेका हुन् ।

स्थानीयसहित नजिकैको प्रहरीले आज (शुक्रवार) उनलाई बाघले लग्दै गरेको देखेपछि बाघबाट छुटाउन प्रयास भए पनि नसकिएको प्रहरीको भनाइ छ । सो क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले ७ राउन्ड फायर समेत गरेको थियो ।

बाघले महिलालाई जङ्गलमा लिएर गएपछि चन्द बेपत्ता भएकी थिइन् र अहिलेसम्म फेला नपरेको प्रहरीले जनाएको छ । ड्रोन क्यामेराबाट हेर्दा भने झाडीमा महिला समेत बाघ पनि सोही ठाउँमा बसेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...