Skin_Hospital_Dhn

थप १०६ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्‍यु

काठमाडौँ ।
नेपालमा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (शुक्रबार) मात्रै थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १ हजार ८८३ नमुनामध्‍ये ५८१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र १ हजार ३०२ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जना गरी १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै कोरोना सक्रिय सङ्क्रमितको संख्या ४१४ पुगेको छ भने संस्थागत आईशोलेशनमा २५ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन् । कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्‍यु भएको छ ।

सम्बन्धित
Loading...