
धनगढी ।
प्रहरीको काम कानुनको पालना गर्न लगाउनु तथा गैर कानुनी काममा रोक लगाउने हो तर कैलालीमा भने प्रहरी नै लागुऔषध ओसारपसारमा संलग्न भएको पाइएको छ । ईलाका प्रहरी कार्यलय सुखडअन्तर्गत साडेपानी अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी जवान अंकित चौधरी लागुऔषध ओसारपसारमा संलग्न रहेको पाइएको हो ।

बुधवार इलाका प्रहरी कार्यलय भजनीबाट प्रहरी निरीक्षक मानसिहं ऐरीको कमाण्डमा खटिएको प्रहरी टोलीले भजनी नगरपालिको भारतीय सीमा नजिकै कुशुमघाटबाट ३३ ग्राम ब्राउन सुगर सहित दुई जना प्रकाउ परेकोमा अनुसन्धानबाट एक जना प्रहरी जवान रहेको खुलेको हो ।

लागुऔषध ओसारपसार गरी रहेको अबस्थामा प्रकाउ परेका दुई जना मध्ये एक जना प्रहरी जवान रहेको कैलालीका प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले बताए । प्रहरी नै लागुऔषध कोरोवारमा संलग्न भेटिएपछि प्रहरी संगठन माथि प्रश्न खडा भएको छ ।
