Skin_Hospital_Dhn

आइपिएल : चेन्नाईसंग हैदरावाद ७ विकेटले पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल)मा गएराती भएको खेलमा चेन्नाई सुपरकिंग्ससंग सनराइजर्स हैदरावाद ७ विकेटले पराजित भएको छ।

चेन्नाईको चिदम्बरम स्टेडियममा हैदरावादले दिएको १३४ रनको सामान्य लक्ष्य चेन्नाईले १८.४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।

चेन्नाईका डेभन कनवेले १२ चौका र १ छक्काको मद्दतमा ७७ रन बनाए । त्यस्तै ओपनर रूतुराज गाइक्वडले ३० बलमा ३५ रन बनाए । बलिङतर्फ मयंक मारकन्डले दुई विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले ७ विकेट गुमाएर १३४ रन बनाएको थियो ।ओपनर अभिशेक शर्माले ३ चौका र एक छक्काको मद्दतमा ३४ रन बनाए । राहुल त्रिपाठीले एक चौका र एक छक्काको मद्दतमा २१ रन बनाए ।

अर्का ओपनर ह्यारी ब्रुकले ३ चौकाको मद्दतमा १८ रन बनाए । हेनरिच क्लासेन र मार्को जनसेनले समान १७÷१७ रन बनाए ।

बलिङमा चेन्नाईका रविन्द्र जडेजाले सर्वाधिक तीन विकेट लिए । आकाश सिंह, महेश थिक्साना र मथिसा पथिरानाले एकएक विकेट लिए ।

जितसँगै चेन्नाई ८ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। हैदरावाद चार अंकसहित नवौं स्थानमा छ ।

सम्बन्धित
Loading...