Skin_Hospital_Dhn

तापक्रम क्रमिक रूपमा घट्दै,सावधानी अपनाउन महाशाखाको अनुरोध

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज (शनिबार) सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू—भागमा आंशिक बदली तथा बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहनेछ।

तराई भू—भागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू—भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाको अनुरोध छ ।

भोली (आइतबार) प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू—भागमा आंशिक बदली तथा बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहनेछ।

सम्बन्धित
Loading...