Skin_Hospital_Dhn

सुदूरपश्चिमका धार्मिक क्षेत्रमा आवागमनको सहजता प्राथमिकतामा रहनेछ : मुख्यमन्त्री शाह

दार्चुला ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले धार्मिक छेत्रको विकासका लागि सुदूरपश्चिम सरकार अगाडि बढेको छ जसका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् । मल्लीका अर्जुन राष्ट्रिय धाम दर्शन गर्न पुगेका मुख्यमन्त्री कमल बहादुर शाहले यस्तो बताएका हुन् ।

यस पटकको बजेटमा सुदूरपश्चिमका धार्मिक क्षेत्रको विकासका साथै धार्मिक छेत्रमा आवागमनको सहजताका लागि प्राथमिकता बजेट हुने उनले बताए । २०६५÷६६ देखि राष्ट्रिय धाममा परिणत गर्न सफल भएको र मल्लीका अर्जुन अङ्कित हुलाक टिकट समेत बनाइएको उनले बताएका छन् ।

यसै गरी, पूर्व गाउँपालिका अध्यक्ष नरेन्द्र धामीले आफ्नो कार्यकाल सुरु भएपछि मल्लीका अर्जुन राष्ट्रिय धामको गुरुयोजना बनाई गाउँपालिकाले साढे ८६।५ करोडको डिपियर पेस गरे पनि चालु आर्थिक वर्षमा समावेश नभएकाले उनले आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्न आग्रह समेत गरेका छन् ।

Loading...