Skin_Hospital_Dhn

गोदावरीमा स्कारपियो दुर्घटना, एकको मृत्यु पाँच घाइते

धनगढी ।
गोदावरीमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका वडा नं. ५ गेटा ट्राफिक पोस्ट नजिकै स्कारपियो दुर्घटना हुँदा धनगढी उप—महानगरपालिकाका भोजराज भट्टको मृत्यु भएको हो ।

ट्राफिक पोस्ट नजिकै बा १५ च ४६३७ नम्बरको स्कारपियो दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका वडा नं. ११ बेलाका ७० वर्षिय भोजराज भट्टको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनकारी दिएको छ ।

स्कारपियोमा सवार अन्य ५ जना घाईते घाईतेमध्ये दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं. २ का ४२ वर्षिय चालक तेज बहादुर पाल, धनगढी उप—महानगरपालिका वडा नं. ६ मटयारीका ४२ वर्षिय भरत बहादुर चन्द, सोही ठाउँका ४८ वर्षिय बसन्त बहादुर चन्द, ३६ वर्षिया निलम चन्द र ३६ वर्षकै अनु खाण चन्द रहेको प्रहरीले जनाएको छ ।

हरिद्धारबाट आएको उक्त स्कारपियो आफै अनियन्त्रीत भएर दुर्घटना भएको बताईएको छ ।घाइतेहरुको माया मेट्रो अस्पताल धनगढीमा उपचार भैरहेको छ ।

सम्बन्धित
Loading...